साउन २४, काठमाडौं – च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राइकर अवार्डमा मेस्सी र रोनाल्डोलाई टक्कर दिने स्टार खेलाडी लिभरपुलका साडियो माने देखा परेका छन् ।
युरोपियन फुटबल महासंघ (युएईएफए)को बिहीबार साँझ सार्वजनिक च्याम्पियन्स लिगको मनोनयनमा स्ट्राइकरको उपाधिका लागि लिभरपुलका साडियो माने, मेस्सी र रोनाल्डोको प्रतिस्प्रधीको रुपमा देखिएका हुन् ।
लिभरपुलका साडियो मानेले च्याम्पियन लिगमा सुपर स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको भन्दा उत्कृष्ट रेडर्क राखेका छन् । यो पटकको सिजनमा लिभरपुलका लागि १४ गोल गरेका सेनेगलका खेलाडी मानेले यस अघि १० गोल गरेका थिए ।
च्याम्पियन लिगमा औसत ९५ मिनेटमा गोल गरेका मानेको यो रेकर्ड मेस्सी र रोनाल्डोको रेकर्ड भन्दा बढी हो । जबकी रोनाल्डोको रेकर्ड १०७ मिनेट र मेस्सीको रेकर्ड १२७ मिनेटमा एक गोल गरेका थिए ।