साउन २४, काठमाडौं – धादिङको बेनिघाट रोराङ ३ सलाङघाटमा भएको बस दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । १४ जना घाईतेको उद्धार भएका छन् ।
सर्लाहीबाट काठमाण्डौ आउदै गरेको ना ६ ख ७४६९ नम्बरको बस बिहानै करिब ३ बजे धादिङको बेनिघाट रोराङ ३ सलाङघाटमा दुर्घटनामा परेको धादिङका प्रमूख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए ।
बस त्रिशूली नदीमा अप्ठ्यारो ठाउँमा खसेकाले डोरीको सहायताले तल झरेर उद्धार गर्ने काम भइरहेको र क्षतिको पुर्ण विवरण आईनसकेको तर उनले जनाए।
दुर्घटनामा ३ जनाको मृत्यु भएको तर मृतकको सनाखत हुन बाँकी रहेको धादिङस्थित नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले बताए ।
एसपी राजकुमार बैदवारका अनुसार चालक निदाएका कारण बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि बसमा सो भन्दा बढि यात्रीहरू रहेको हुनसक्ने अनुमान गरिएको छ ।