साउन २१, काठमाडौं – भारतका एक साफसुटर नेपाल प्रहरीको फन्दामा परेका छन् ।
विराटनगरका व्यापारी जितेन्द्र रायको हत्याका लागि भारतबाट आएका साफसुटर कुलानकुमार सिंहलाई नेपाल प्रहरीले सर्लाहीबाट पक्रेको हो ।
उनी सहित विराटनगरका व्यापारीको रायको हत्याका लागि पाँच लाख डील गरेका दुई जना मुख्य योजनाकार पनि पक्राउ परेका छन् ।
विराटनगर हाटखोलाका जितु भनिने जितेन्द्र रायको हत्याका मुख्य योजनाकार विराटनगरका मन्नु गुप्ता, हरिनारायण झा रहेका छन् । सिंह र गुप्ता विराटनगरबाट पक्राउ परेका हुन् ।
गत जेठ २७ गते प्रहरीले लोड गरिएको दुई थान पेस्तोल र सात राउण्ड गोली सहित भारतीय नागरिक कुलानकुमार सिंहलाई विराटनगरको मेट्रोसिटी होटलबाट गिरफतार गरेको थियो ।
सिंहसंगको अनुसन्धानमा सूचना पाएपछि व्यपारी रायको मुख्य योजनाकार मन्नु गुप्ता र कन्ट्रयाक किलर हरिनारायण झालाई पक्रन प्रहरी सफल भएको हो ।
पक्राउ परेका झा हत्याको अभियोगमा क्षेत्रिय कारागार झुम्का जेल जीवन विताइसकेका व्यक्ति हुन् भने मन्नु पनि बलात्कार मुद्दामा झुम्का कारागार बसेका व्यत्ति हुन् ।
कारागारमै मित्रता सुरु गरेका उनीहरुले व्यापारी रायको हत्याका लागि मन्नुले हरिनारायणमार्फत हत्याको सुपारी दिएको प्रहरीले बताए ।
सुपारी लिएर विराटनगर पुगेका भारतीय नागरिक राजुकुमार रौनियार (राज) र राकेश झा फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरुको पनि खोजी कार्य भइरहेको बताए ।
मुख्य योजनाकार मन्नुले हत्याको लागि हरिनारायणसँग समन्वय गरी पाँच लाखमा पहिलो किस्ता वापत छ हजार लिई हत्याको सुपारी दिएका थिए ।
गत जेठ २६ गते बिहारको सितामढीको भेटपछि हत्याका योजनाकार सिंह र रौनियार रौतहटको गौर हुँदै नेपाल आएका थिए ।
विराटनगर हाटखोलाका जितुको घर हेरी फर्किएका दुईजनालाई भारु ६–६ हजार दिएको र हत्यापछि तीन जनालाई जनही १ लाख ६७ हजार सीतामढीमा दिने सहमति भएको थियो ।
त्यसपछि दिउँसो लोड गरिएको पेस्तोल लिएर जितुको हत्याका लागि दुई युवो घर पुगे । व्यपारी जितु नभेटिएपछि होटल मेट्रोसिटी गीत गजलमा पुगेका उनीहरुलाई मदिरा सेवन गरेर नाजगान गर्दा हतियार बोकेको देखियो र प्रहरीले सुचना पाएलगत्तै उनीहरु पक्राउमा परे ।
पक्राउ परेका उनीहरुलाई संगठित अपराध र हात हतियार तथा खरखजना मुद्दामा अनुसन्धान गर्न अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
प्रहरीकै सक्रियताका कारण विराटनगरका व्यापारी जितुको ज्यान हत्या हुनबाट जोगिएको छ ।