साउन २०, काठमाडौं – सुनको बजार भाउले रेकर्ड तोड्दै गएको छ । अहिलेसम्मकै उच्च बजारभाउमा आज सोमबार सुनको कारोबार भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम भएको जनाएको छ । आइबतार सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सय पुर्याएको थियो ।
त्यसैगरी तेजाबी सुनको प्रतितोला मूल्य ६७ हजार ५ हजार छ । सुनको बजार भाउ अहिलेसम्मकै सबै भन्दा अधित्तम हो । गत शुक्रबार सुनको भाउ ६५ हजार ८ सये थियो ।
अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
अमेरिका इरानबीचको द्धन्द र अमेरिका चीन व्यपार वीच युद्धको कारण अन्तर्रा्ष्ट्रिय सेयर बजारमा असर परेको र सुनको बजार भाउ आकाशिएको उनको भनाई छ ।