प्रधानमन्त्री स्वयंमले उपचार खर्च व्यवस्थापन गर्ने

साउन १९,  काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार खर्च प्रधानमन्त्रीकै व्यक्तिगत हुने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले आइतवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री स्वयंमले उपचार खर्च व्यवस्थापन गर्ने बताए । तर सँगै गएका कर्मचारीको आउने(जाने र बस्ने खर्च राज्यकोषबाट हुने जनाएका छन् । उनले भने, ‘कर्मचारी बाहेक अरु कसैको टीएडीए स्वीकृत गरिएको छैन । प्लेन खर्च बाहेक अरु उहाँको निजी खर्च हुनेछ ।’

प्रधानमन्त्री ओलीे नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् । उनी शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।