साउन १७, काठमाडौं — शुक्रबार बुटवलको नयाँ बसपार्कमा बसको छतमा एक युवकको शब फेला परेको छ ।
दुर्गन्ध फेलिएपछि खोजतलासी गर्ने क्रममा आज बिहान करिब १० बजे पार्किङ गरेर राखेको बसको छतमा आंशिक रुपमा सडेको सब फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उक्त ल ु१६१३७ नंम्बरको बस करिब १५ दिन देखि पार्किङ गरेर राखेको थियो ।
अन्दाजी ३५ वर्षका दीपक थापा गुल्मी चन्द्रकोटका रहेको प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र्पुयाइएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।
मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मृतकको शब परिवारजनलाई पोष्टमार्टम पछि बुझाउने तयारी भएको भट्टराईले बताए ।