‘हो योगेश भट्टराई भूंग्रोबाट निस्कनुपर्छ, हार्दिक बधाई अनि शुभकामना ।’ ःनेतृ रामकुमारी झाँक्री

साउन १६,काठमाडौं —  प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा बुधबार नियुक्त गरेका छन् ।

उनी नियुक्त भएकै भोलिपल्ट नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईलाई पर्यटनमन्त्री बनाइनुको कारण बारे आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् ।

उनले भट्टराई भुंग्रोमा परेको भनी बिहीबार फेसबुकमा एक स्टाटस लेखेकी छिन् । उनले लेखेकी छन् ‘आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो ।’

यस्तै भट्टराईलाई बधाइ दिँदै झाँक्रीले थपेकी छन् ‘सरकार अलोकप्रियताको भूंग्रोमा छ । दाइ त्यही भूंग्रोमा पर्नु भयो ऐले । मेरो आमा भन्नु हुन्थ्यो जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ । हो योगेश भट्टराई भूंग्रोबाट निस्कनुपर्छ, हार्दिक बधाई अनि शुभकामना ।’