साउन १५, काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा नेकपाका नेता योगेश भट्टराईले सपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्दै आएका थिए ।
भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी सांसद हुन् ।