पर्यटनमन्त्री बने योगेश भट्टराई

साउन १५, काठमाडौ — नेकपा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् ।

तात्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत फागुन १५ गते तात्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि मन्त्रालयको जिम्मेबारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै आएका थिए ।

भट्टराईको सपथ चार बजे राष्ट्रपति समक्ष हुने भएको छ । उनि ताप्लेजुङको एकमात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा प्रत्यक्ष निवार्चित भएका हुन् ।