साउन १४, काठमाडौं — सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धका कारण समस्या सिर्जना हुन थालेको छ ।
फोहोर व्यवस्थापन गर्ने भनेर मेलम्ची ११ को बाङ्गेसिमलको खोलाको बगरमा लगेर फोहोर फाल्न थालेको वर्ष कटिसकेको भएपनि अझै व्यवस्थापन गर्न सकेको छैन।
वार्षिक लाखौं रुपैयाँ फोहोरको नाममा उठाएर काम केही नगरेको स्थानीयहरुको गुनासो छ । नगरपालिकाले कर मात्र उठाउने तर बजार व्यवस्थापनमा चासो नदिएको गुनासो स्थानीय गरेका छन् ।