भारतीय बाँधका कारण तराई डुवानमा परेको संसदीय समितिको निष्कर्ष

साउन १३, काठमाडौं — बर्षाको समयमा आएको बाढीले धेरैजनाको जनधनको क्षति हुनुका साथै कयौं बिस्थापित भएका छन् ।

बाढीको प्रभाव भने तराई क्षेत्रमा धेरै परेको छ । तराई क्षेत्रमा डुबान पर्नुको मुख्य कारण भने भारतबाट एकतर्फी रूपमा निर्मित बाँध रहेको संसदीय समितिले निष्कर्ष निकालेको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले देशका विभिन्न गएको बाढी, पहिरो र डुबानको स्थलगत अनुगमन भ्रमण गरी तयार पारेको प्रतिवेदनमा भारतद्वारा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।

सोमबार समितिको बैठकमा पेश गरिएको सो अध्ययन प्रतिवेदनले नदीनालाको बाँध तथा सडकको कल्भर्ट निर्माण परिपक्व नभएका कारण पनि तराई डुबानका कारण ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नु परेको पनि स्पष्ट पारिएको छ।

प्रतिवेदनमा अझै पनि बाढी, पहिरो र डुबानको समस्या रहेको उल्लेख गर्दै त्यसका लागि उद्धार टोलीको उचित व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने भनिएको छ ।