नगद रुपैयाँ चोरी गर्ने फरार व्याक्ति पक्राउ

श्रावण १३, मोरङ —नगद रुपैयाँ चोरी गरी फरार रहेका सुरज कामत पक्राउ परेका छन ।

कटहरी गाँउपालिका १ बस्ने २० बर्षीय कामत आइतवार विराटनगरवाट पक्राउ परेका हुन ।

उनलाई साउन ७ गते बिराटनगर १ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रुपैया चोरी गरी फरार रहेको उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका कामतको साथबाट नगद ३ लाख ८१ हजार रुपैया र १ थान मोबाईल समेत बरामद गरिएको छ ।