बालुवाटार जग्गा प्रकरणका आरोपित युक्तप्रसाद श्रेष्ठले सपिङ सेन्टरबाट हामफालेर गरे आत्माहत्या

 

साउन १३, काठमाडौं — बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठ हामफालेर आत्माहत्या गरेका छन् ।

माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

ललिता निवास घोटला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले श्रेष्ठलाई समेत पत्र काटेर बयानका लागि बोलाएपछि श्रेष्ठ केही समयदेखि तनाव रहेको बताइएको छ ।

घाइते अवस्थामा प्रहरीले पिपुल्स अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।