भदौ दोश्रो साता देखि पोखरामा स्कुल स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने

साउन १२, काठमाडौं —कास्की जिल्ला ब्याडमिन्टन संघले १८ औ जिल्ला स्तरिय अन्तर बिद्यालय ईन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगित संचालन गर्ने भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने अभियानको साथ आउँदो भदौको १० देखी १४ गते सम्म संचालन हुने संघका कोषाध्याक्ष ईन्द्र गुरुङले ईमेल खबरलाई बताए ।

उक्त प्रतियोगितामा कास्की जिल्लाका निजी तथा सामुदायीक विद्यालयहरुको सहभागिता रहने आयोजकले जनाएको छ । सामुदायिक स्कुलबाट सहभागि हुने बिद्यार्थीहरुले सहभागिता शुल्क तिर्नु नपर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव पाँच लाख खर्च लाग्ने बाताइएको छ । प्रतियोगीता पोखरा रंगशालाको ब्याडमिन्टन कबर्ड हलमा हुने छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न १२ वटा उपसमितीहरु पनि गठन गरिसकेको कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बर सिं गुरुङले जानकारी दिए ।प्रतियोगितालाई बिभिन्न १० समुहमा बिभाजन गरिएको छ । आधारभूत तहमा व्वाईज सिङ्गल, गल्स सिङ्गल, माध्यामिक तहमा व्वाईज÷गल्स सिङ्गल र डबल त्यस्तै उच्च माध्यामिक तहमा पनि व्वाईज÷गल्स सिङ्गल÷सिङ्गल डवलमा प्रतिस्पर्धा गराईने छ ।

त्यसैगरि, प्रतियोगितामा उत्कृष्ठ छात्र, छात्रा, उत्कृष्ठ नब खेलाडी,अनुशासित खेलाडी, अधिकतम सहभागी, उत्कृष्ट पोशाक र उत्कृष्ट स्कुल समेत गरी बिभिन्न १७ बिधामा पुरस्कारको ब्यबस्था गरेका पनि आयोजकले जनाएका छन् ।