पहिरोको कारण पासाङ ल्हामु मार्ग सडक अवरुद्ध

साउन ११, काठमाडौं — लगातार आएको बर्षाको कारण पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । पासाङ ल्हामु मार्गको कालिकास्थान–धुन्चे सडक खण्डको मूलखर्क र स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएपछि सवारीसाधन र यात्रुहरु बिचमै रोकिएका छन् । अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।