कुवेतविरुद्ध नेपालको शानदार जीत

साउन ११, काठमाडौं — आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ ।
कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले नेपालले मलेसियालाई हराएको हो ।

कप्तान पारसले मात्र ४२ बलमा ६८ रन बनाएपछि नेपालसामु कुवेतले पस्केको १ सय ४२ रनको लक्ष्य मात्र १५.५ ओभरमा २५ बल बाँकी छँदै पछ्यायो । यस क्रममा पारसले ११ चौका र १ छक्का हिर्काए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए भने रेग्मीले चार ओभरमा २० रन खचिए ।
ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।