साउन १०, काठमाडौ— पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थासँगै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।
मुलुकी देवानी कार्य्विधि (संहिता) ऐन २०७४ मा उल्लिखित व्यवस्थाको प्रयोग गर्दै उनीहरुलेले मुद्दा दर्ता गराएका हुन् ।
जिल्ला अदालतको तथ्यांकअनुसार ओखलढुंगामा गत आर्थिक वर्षमा परेका ८० वटा मुद्दामध्ये ३२ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको स्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए ।
स्रेस्तेदार पौडेलका अनुसार मुलुकी देवानी (संहिता) ऐन २०७४ को दफा ९४ को अधिकार प्रयोग गरी मुद्दा दर्ता भएका हुन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।