दिपायल सिलगढी नगरपालिकाले ५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता दिने

साउन ८, काठमाडौ — ५० वर्षमाथिका अविवाहित महिलालाई डोटीको दिपायल सिलगढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटले यो नितीलाई समावेश गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को नीति, कार्यक्रम तथा बजेटबाट सो समुदायका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी प्रमुख मञ्जु मलासीले बताइन् ।