पार्टी एकता हुनै सक्दैन भन्नेहरूलाई एकता गरेर देखाइयोः प्रचण्ड

साउन ७,काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताएका छन् ।

४१ औं पुष्पलाल स्मृति दिवसमा कीर्तिपुर चम्पादेवीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफैंभित्र देखिएका कमजोरी सच्याउने संकल्प गर्नुपर्ने बताए ।

‘हामीमा देखिने कमीकमजोरी सच्याउने संकल्प गर्नुपर्छ,’ उनले भने, ‘पुष्पलाललाई सम्झनुको अर्थ हामीले आफैंभित्र देखिने कमी कमजोरी सच्याउने कुरा पनि हो । आफैंलाई धोइ पखाली गरेर सफा गर्ने कुरा पनि हो।’

उनले पार्टी एकतालाई सुदृढ गरेर जनतामाझ जाने बताए । पार्टी एकता हुनै सक्दैन भन्नेहरूलाई एकता गरेर देखाइदिएको उनको भनाइ छ।