एसईई पूरक परीक्षाः परिक्षार्थीले चाहेजति सबै विषयमा परीक्षा दिन पाउने

साउन ७ , काठमाडौ — परीक्षा नियन्त्रण कार्यालयले माथिको आदेशमा दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने भएको छ ।

पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । तर, नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् ।

गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म कम नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् ।