गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

साउन ७ , काठमाडौ —गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन भने २ जना बेपत्ता भएका छन् ।

जिल्लाको सत्यवति गाउँपालिकाको ३ र ४ वडामा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको प्रदेश नम्वर ५ का प्रहरी प्रवक्ता नवराज पोखरेलले इमेल खवर डट कम लाई वताए ।

सत्यवति गाउँपालिकाको वडा ४ लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छे र वडा ३ ठुलो लुम्पेकमा ३ जनाको मृत्यु भएको हो ।
लिम्घामा मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अन्य २ जनाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लिम्घामा मृत्यु हुनेमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शव बाहिर निकालिएको प्रहरीले बताएको छ ।

वडानम्बर ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको छ ।

पहिरोमा परेका ८ वर्षीया तारा बिक र ६ वर्षीय सुमन बिकको शव भने निकाल्ने कार्य जारी रहेको प्रहरीको भनाई छ ।

वेपत्ता भएका ६ बर्षीय सुमन वि.क. र ८ बर्षीय तारा वि.कको खोजतलास भईरहेको छ ।

घाइते हुनेमा १३ बर्षीय धनी तरामु र १० बर्षीय करिश्मा तरामु छन उनिहरुको उद्धार भइरहेको प्रहरीले वताएको छ ।

पहिरो प्रभावित क्षेत्रमा डाक्टरसहितको स्वस्थ्य टोली पनि पुगेको छ । पहिरो ठूलो भएकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।