साउन ५, काठमाडौं — दुई किलो सुनसहित एक व्यक्ति नागढुंगाबाट पक्राउ परेका छन्।
रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५ का १७ वर्षीय भीमबहादुर तामाङलाई अवैधरूपमा ल्याएको सुनसहित शनिबार राति साढे ९ बजे पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले बताएको छ ।
मादल आकारको सुन कम्मरमा बाँधेर ल्याएको पाइएको प्रहरीले बताएको छ । तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुई किलो सुनसहित नागढुंगाबाट एक पक्राउ
