आन्दोलनका वावजुद् लोकसेवा परिक्षामा सहभागी हुनेको संख्या बढ्दो

साउन ५, काठमाडौं — लामो समयदेखीको आरक्षण वचाउ आन्दोलनको वावजुद्ध पनि लोकसेवा आयोगले खुलाएको विज्ञापनको परिक्षामा भाग लिनेको संख्या वढ्दै गएको छ । शुक्रबारको तलुनामा शनिबारको परिक्षामा ८४ दशमलव १ प्रतिशत सहभागी भएको लोकसेवा आयोगले जानकारी दिएको हो ।

आयोगले सबै भन्दा वढि लाहान केन्द्रमा ९३ प्रतिशत परिक्षार्थी सहभागी र खोटाङमा सबैभन्दा कम ७२ दशमलव १९ प्रतिशत परिक्षा सहभागी भएको जनाएको छ । आयोगका प्रवक्ता किरण शर्माले विगतका परीक्षामा फाराम भरेकामध्ये ६५ प्रतिशत सहभागी हुनेमा यो पाली ८३/८४ प्रतिशतसम्म सहभागी भएका बताए ।

शुक्रबारदेखि परीक्षा सुरु भएको लोकसेवाको परिक्षा साउन २४गतेसम्म सबै तहको परीक्षा हुने छ । आयोगले ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा आवेदन मागेको छ ।

आयोगले भर्ना गर्न लागेका कर्मचारी खरिदारदेखि शाखा अधिकृतसम्मका रहेका छन ्। यसका लागि आर्थिक योजना तथा तथ्यांक सेवामा ९, इञ्जिनियरिङमा ३ हजार ६ सय ३८, न्यायमा १०, प्रशासनमा ४ हजार ९७, विविधमा ६ सय २ र शिक्षा सेवामा ८ सय ५ पदमा आयोगले कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको हो ।
पहिलो चरणको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि दोस्रो चरणको परीक्षा भदौमा हुने आयोगले जनाएको छ ।

फरक फरक समयमा नायब सुब्बा र शाखा अधिकृत पदमा परीक्षा दिन पाउने सुविधा दिइएको छ । तर आयोगले खुलाएको अहिलेको विज्ञपानमा समावेशी कोटा नभएको भन्दे दलित, जनजाति र मधेसी समुदायपछि आन्दोलनले परीक्षा फिर्ता लिन माग गरेको थियो ।