३ दशकदेखी मेलम्चीको पर्खाईमा काठमाडौवासी

साउन ५, काठमाडौं — मेलम्चीको पानीले काठमाडौंलाई कुराएको बर्षाै भयो । झण्डै ३ दशकदेखी काठमाडौ बासीले मेलम्चीको पानी कुरिरहेका छन् । तर काठमाडौका धारामा पानी झर्ने कुनै छाँटकाँट छैन । दु्रत गतिमा फटाफट नै काम भयो भने पनि अझ डेढ वर्ष लाग्ने देखिएको छ ।

मन्त्रिपरिषद्को गत जेठ ६ गते बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएको थियो । त्यसका लागि जेठ १७ गते सुरुङ निर्माणका लागि दुई र हेडबक्स निर्माणका लागि दुईवटा कम्पनीले बोलपत्र पेश गरेका थिए ।

त्यसमा चिनियाँ कम्पनीको एउटा बोलपत्र रहेको छ । बोलपत्रको प्राविधिक मूल्याङ्कन पश्चात स्वीकृत गर्न एसियाली विकास बैङ्क (एडीबी)मा पठाइएको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।

एडीबी आयोजनामा प्रमुख लगानी रहेको मेलम्ची आयोजना २०७७ असार मसान्तसम्म करिब करिब सकाउने बताइएको छ ।