साउन ४,काठमाडौं— सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार पक्राउ गरेको छ ।
गोलबजारकै एक होटलबाट सेवाग्राहीसँग लिएको रु.५० हजार घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।
सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । आवश्यक कारवाहीका लागि अख्तियारले उनलाई बर्दिवास कार्यालय लगिएको जनाएको छ ।
घुस दिने सेवाग्राहीको नाम भने अख्तियारले गोप्य राखेको छ ।