कैलाली विष्फोटको जिम्मा सरकारले लिनुपर्छ ः विप्लव

साउन ३, काठमाडौं — नेत्रविक्रम चन्द (नेकपा) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीको धनगढीस्थित निलम होटल परिसरमा बिहीबार साँझ भएको बम विस्फोटको जिम्मा सरकारले लिनुपर्ने बताएको छ ।

विप्लव समूहका सेती(महाकाली ब्यूरोका ईञ्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति निकालेर घटनाको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासीवादी सरकारले लिनुपर्ने उल्लेख गरिएका छ ।
साथै बम बिस्फोटमा पार्टीका सदस्य रामबहादुर सिंह (राजेश)लाई एकीकृत जनक्रान्तिको महान् शहीद भएको बताएका छन् ।

धनगढी उपमहानगर शहीद गेट नजिक पार्टीको कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बिस्फोटक पदार्थ विस्फोट हुँदा सिंहको मृत्यु भएको निर्माणले विज्ञप्तिमा जनाएका छन्।

यस घटनाले सर्वसाधारण नागरिकहरूमा पर्न गएको असहाजताप्रति दुख व्यक्त गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विस्फोटमा परी घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने पार्टीले प्रतिबद्धता व्यक्त गरेको छ ।