डिएसपी ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई अख्तियारको पत्राचार

साउन ३, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु गरेको छ ।
गत असार २८ गते प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको थियो ।
प्रहरी प्रधान कार्यालयले ढुंगेललाई पक्राउ गरी अख्तियारमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर टेकुलाई निर्देशन दिएको छ ।