काठमाडौ—राजस्व, आर्थिक प्रशासन र लेखा परीक्षण प्रशासनको क्षमता विकासको लागि तालिम प्रदायक संस्था सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले आफ्ना तालिम कार्यक्रम र प्रकाशनहरुलाई अन्तर्राष्ट्रिय मान्यता अनुकुल बनाउदै लगेको छ ।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिमहरुले अन्तराष्ट्रिय गुणस्तरको क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ मान्यता पाइसकेकोछ । केन्द्रवाट ३९ वर्ष देखि प्रकाशन हुदै आएको सार्वजनिक वित्त व्यवस्थापनको जर्नल राजस्वका प्रकाशनहरुमा आइ एस एस एन ( इन्टरनेशनल स्टान्डर्ड सिरियल नम्बर) राख्न शुरुवात गरिएको छ ।
यसवाट केन्द्रका प्रकाशन अन्तराष्ट्रिय रुपमा मान्य हुने, सो नामवाट अन्य व्यक्ति वा संस्थाले प्रकाशन गर्न नपाउने भएको, प्रकाशनको आधिकारिकता र विश्वशनीयतामा वृद्धी हुनुका साथै शोध तथा अन्य सन्दर्भ सामग्रीको प्रस्तुतीकरणमा यसले मान्यता पाउने भएको छ ।
आगामी दिनमा संघीय संरचना अनुरुप तालिमहरुलाई वढी व्यवहारोपयोगी वनाउदै जाने तालिम केन्द्रले जनाएको छ । यसै अनुरुप ५ वर्षे रणनीतिक योजनालाई अन्तिम रुप दिन गृहकार्य भैरहेको केन्द्रका प्रमुख दामोदर रेग्मीले जनाएका छन ।