असार ३१, काठमाडौं —लोकसेवा आयोगको विज्ञापन समावेशीता गराउनु पर्ने माग गर्दै आदीवासी, जनजाती, महिला, दलित लगायतको समूहले संयुक्त आन्दोलन गरेका छन् ।
मंगलबार माइतीघरमण्डलामा बाजागाजासहित शान्तिपूर्ण जुलुस प्रर्दशन गर्दै लोकसेवा आयोग प्रमुख र सामान्य प्रशासनमन्त्रीको राजीनामाको माग गरे । संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने सहभागीहरुले चेतावनी समेत दिएका छन् ।
तस्वीर— रबि भित्रकोटी