असार ३०, काठमाडौं —राजधानीको धोबिखोलामा स्थानीयले खाने पानीको डिप बोरिङ गाडन नपाउने भन्दै स्थानीयले बिरोध गरेका छन् । धोबिखोलाको छेउमा मापदण्ड नर्पुयाइ बोरिङ खन्न लागेको र व्यक्तिको जग्गामा बोरिङ परेकोले स्थानीयले बिरोध गरेका हुन् ।
बोरिङले पानी निकाल्दा वरपरको बस्तीमा पानी सुक्ने समस्या आउने भएकोले आफुहरु विरोधमा उत्रिएको स्थानीयको भनाइ छ ।