असार २९, काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोवाट धनजनको क्षति भएका कारण मन भारी भएको वताएका छन । उनले विगतका वर्षको असार २९ जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका हुन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आइतवार राजधानीमा आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्व्जित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै ओलीले आदिकविको २०६ औँ जन्मजयन्तीमा भारी मन लिएर भए पनि पूर्वनिर्धारित कार्यक्रममा उपस्थित भएको बताए ।
हरेक व्यक्तिले आफू बाँचिरहेको बेलामा आफु जहा छ त्यहि वाट नै योगदान गर्नुपर्छ भन्दै उहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारले आफ्नो समयमा आवश्यकतानुसारको कीर्ति राख्नुभएको बताउनुभयो ।
भगत सर्वजित स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सांसद छविलाल विश्वकर्माले उत्पीडितलाई सामाजमा स्थापित गर्न निरन्तर सर्घष गर्ने व्यक्तित्वका नाममा स्थापित भगत सर्व्जित मानव मर्यादा पुरस्कार विसं २०७२ देखि वितरण शुरु गरिएको बताउनुभयो ।