बाढी पहिरोका कारण हालसम्म ५० जनाले ज्यान गुमाए

असार २९, काठमाडौं — बिहीबारदेखिको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण हालसम्म ५० जनाले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीका अनुसार बाढीका कारण देशभर मृत्यु हनेको संख्या ५० पुगेको हो । मृत्यु हुनेमा २२ महिला र २८ पुरुष छन् ।यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।

बाढी पहिरो र डुबानका कारण प्रदेश १ मा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ । बाढीका कारण ८ जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार खोटाङमा ३, इलाममा १, झापा २, उदयपुर १, भोजपुरमा ५, ओखलढुंगामा ४ र सुनसरीमा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङबाट ३, सुनसरीमा १, उदयपुरमा १, झापामा १, इलाममा ३, पाँचथरमा १ जना बेपत्ता भएका छन् ।

प्रदेश २ मा ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका पाँच जना बेपत्ता भएका छन् । प्रदेश २ को बारामा २, रौतहटमा १, महोत्तरीमा १, सिराहामा १ र धनुषामा २ जनाको मृत्यु भएको हो । कारण प्रदेश ३ मा १३ जनाको मृत्यु भएको छ । ६ जना बेपत्ता भएका छन् ।

प्रदेश ३ को काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा ३, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्येकामा ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन् ।

प्रदेश ५ को पाल्पा र दाङमा एक÷ एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।