मलेसिया माथि नेपालको शानदार जित

असार २८, काठमाडौं —  मलेसियाविरुद्ध दुई खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्यो ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा मलेसियाले दिएको १२९ रनको विजयी लक्ष्य पछ्यको नेपालले १८ ओभरमा ३ बलमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । उनले ५० बल खेल्दै ८ चौका र ५ छक्काको प्रहार गर्दै ८६ रन बनाए । टी ट्वान्टी अन्तर्रा्ष्ट्रियआई खेलमा नेपालकोतर्फबाट पारस एकै खेलमा सर्वा्धिक रन बनाउने खेलाडी हुन् ।
त्यस्तै नेपालका शरद भेशवाकरले १६ रन जोडे, उप–कप्तान ज्ञानेन्द्र मल्लले ७ रन, प्रदीप ऐरी ८ र रोहित कुमार पौड्यलले ५ रनको जोडे ।

बलिङतर्फ मलेसियाका लागि अनुवर रहेमानले दुई विकेट लिँदा फिट्री सामले एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन जोडेको थियो । उसका लागि ओपनर विरनदीपले सर्वा्धिक ५७ रनको महत्वपूर्ण योगदान दिएर अर्धशतक प्रहार गरे ।

नेपालका वसन्त रेग्मीको १५ ओभरको दोस्रो बलमा ठूलो सट हान्दा बाउन्ड्रीलाइन नजिकै रहेका प्रदीप ऐरीले क्याच गर्नुअघि विरनदीपले ४९ बलमा ७ चौका १ छक्का प्रहार गरेका थिए । त्यस्तै कप्तान अहमद फैजले ४५ रनको योगदान दिए । उनलाई ललित नारायण राजवंशीबाट क्याच आउट गरिँदासम्म ३९ बलमा २ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि वसन्तले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

मलेसियाको सुरुआत राम्रो रहे पनि अन्तिम ५ ओभरमा ३२ रन जोड्न ६ विकेट गुमाएपछि उसले नेपालसामु ठूलो लक्ष्य दिन सकेनको थिएन ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।