प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय

असार २८, काठमाडौं —  मन्त्रिपरिषदको शनिबार बिहान बसेका बैठकले बाढी पहिरोमा परेर मृत्यु भएकाहरुका मृतकका परिवारलाई नगद राहत दिने निर्णय गरेको छ ।

प्रदेश २ सरकारले बाढी पहिरोमा परेर मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
राहत र उद्धारका लागि केन्द्रीय सरकारसँग हेलिकप्टर माग गर्ने निर्णयसमेत गरिएको प्रदेश २ का मुख्य सचिव दीपक सुवेदीले जानकारी दिए ।

यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ।