असार २६, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भनि भारतीय दूतावासले लेखेको पत्रबारे आफूलाई समयमै थाहा नदिने व्यक्तिलाई कारबाही गर्ने बताएका छन् ।
‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा बिहीबार काठमाडौँमा आयोजित अन्तक्र्रियामा बौल्दै प्रधानमन्त्री ओलील भने, ‘दूतावासको पत्र आएको रहेछ । मलाई केही जानकारी भएन ।’ उनले आफूलाई थाहा नभएको कुरामा पत्र आएको भनेर भन्न नसक्ने भन्दै पत्रबारे थाहा नभएकाले सत्य कुरा बोद्या पनि ‘झूट’ भएको बताए । प्रधामन्त्री ओलीले पत्र आएर पनि आफुलाई बोल्न लगाइएको बताए ।
उनले समाचारमा आएका कुरालाई समेत खण्डन गर्दै आएका थिए । तर, अहिले आएर भारतीय दूतावासको पत्र आएको स्वीकार्दै पत्र आएर पनि सयममा आफूलाई जानकारी नगराएको बताएका छन् ।
साथै, प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो भूमिका रहेकाले आफ्नो भूमिका निर्वाह गर्न त्यसैअनुसार अघि बढ्न निर्देशन दिए ।