असार २५, काठमाडौं — भारतबाट नेपाल ल्याउँदै गरेको खैरो हिरोइनसहित दुई पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका(७ सोनाहाफाँटाबाट खैरो हिरोइनसहित उनिहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका ७ मोतिनगरका २० वर्षीय सुमन बुढाक्षेत्री र टीकापुर नगरपालिका(१ ब्लक नं. २९ का २० वर्षीय नविन भण्डारी हुन्। उनीहरुको साथबाट २ ग्राम ९ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय कापुरले बताएको छ ।
कैलालीको टीकापुरबाट खैरो हिरोइनसहित दुई पक्राउ
