असार २४, काठमाडौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साह विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
लागु औषध मुद्दामा पक्राउ परेका सेवाग्राहीवाट घुस लिएको भन्ने आरोपमा पक्राउ परेका शाहलाई मंगलवार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।
प्रहरी निरीक्षक साहले सेवामा रहदा सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा सत्तरी हजार रकम जम्मा गर्न लगाएको पुष्टि भएकोले कानूनी कारवाहीको माग आरोप पत्रमा गरिएको छ ।