असार २३, काठमाडौं — लैनचौरस्थित भारतीय दूतावासले भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई पत्र काटेको पाइएको छ । त्यसपछि क्याबिनेट बैठकले गरेको निर्णयको कपीे फेला पारेको छ ।
दूतावासले लेखेको सो पत्रमा भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारीमा रोक लगाएको नभइ विषादी परीक्षणमा मात्रै कडाइ गरिएको छ । तर नेपाल सरकारको योे निर्णयले भारतीय बजारलाई निकै प्रभावित र्पायो ।
नेपालमा तरकारी र फलफूल बेच्न नपाएको भन्दै भारतीय व्यापारीहरुले दूतावाससम्म गुनासो र्पुयाए । दूतावासले नेपाल सरकारलाई दबाव दिदै पत्र काटेको हो ।
राजदूतावासको पत्रमा ‘नेपाल सरकारका निकायहरूले सबै ताजा तरकारी तथा फलफूलको आयातमा वनस्पति क्वारेन्टाइन र विषादी स्तर पुनः परीक्षण लागू गरेको भन्ने विषयमा यस दूतावास अवगत नै छ ।’
पत्रमा अगाडी भनिएको छ, ‘पुनः परीक्षणको आवश्यकता गैरकर अवरोध जस्तै हो र यसले व्यापार रोकिएको छ । साथै, अन्तर्रा्ष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्रा्ष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन।’
दूतावासले सम्वन्धित मन्त्रालयलाई आग्रह गर्दै भारत र नेपालबीच दशकौंदेखि कायम रहेका द्विपक्षीय व्यापार व्यवस्था अनुरूप नेपाल सरकारका सम्बन्धित निकायलाई यस पत्रमार्फत नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी चेकजाँच नगर्न उल्लेख छ ।
साथै सामग्रीको व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि आवश्यक सूचना तथा कागजातसहित औचित्य पुष्टि गर्न मन्त्रालयलाई आग्रह समेत गरेको छ ।