विषादी परिक्षण गर्ने ल्याकत कृषि मन्त्रालयसँग छैन : उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव

विर वहादुर नेपाली
असार २३, काठमाडौं — विषादी प्रयोग गरिएका तरकारी खान नहुने विषयमा उठेको टिकाटिपप्पणीले अहिले बजार तात्तिएको छ ।

बजारमा उठिरहेका टिकाटिप्पणी आलोचना, र भनाईहरुलाई सम्बोधन गर्ने क्रममा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको बताएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनु सरह हुने बताएका हुन् ।

विषादी परिक्षण नगर्ने वहसमा भएको सरकारी निर्णयमा पुनश्च नगर्ने कुरा उठेपछि विदेशीको अगाडी सरकार झुकेको भन्ने भनाई माथी मन्त्रि यादबले न झुक्ने न लड्ने भिड्ने, आवश्यकता अनुसार डिल गर्नेुपर्नेमा जोड दिए ।

आफ्ना कमी कमजोरी स्वीकार गर्नुपर्ने तर तिललाई पहाड बनाउनु राम्रो नहुने तर्क गर्दै मन्त्री यादबले माननीयजीहरुलाई पनि हावाको तालमा नबोल्न आग्रह गरेका छन् ।

उनले कसैको दबावमा नपर्ने विश्वास दिलाउदै, नाकाबन्दी लगाएतका आफ्नै व्यवहारले भाउ बढ्न थालेपछि सोही अनुसार निर्णय गरिएको बताए । विषादी खान नहुने भएकाले जाँच गरेर ल्याउने भनिरहँदा कृषि मन्त्रालयको क्षमता प्रयाप्त नभएकाले विषादी परिक्षण नगर्ने निणर्य गरिएको हो, मन्त्री यादबले भने ।