असार २०,काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट विचारधारा बोकेर अघि बढ्ने सबै शक्ति एक ठाउँमा हुनुको विकल्प नरहेको बताएका छन् ।
शुक्रबार समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले कम्युनिस्ट आन्दोलनकै संकटपूर्ण आन्दोलनबाट मुलुक शान्ति प्रक्रियामा आएको र नयाँ संविधान जारी भएको भन्दै त्यसलाई जोगाउन सबै एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको अन्त्यन्तै संकटपूर्ण अवस्थालाई सफलतापूर्वक सम्पन्न गरेको बताउदै उनले भने, ‘हाम्रो आन्दोलनले मूर्त रुपमा पाएको छ । अहिले पनि खाटो बसेको ठाउँलाई चिथोरेर क्यान्सर बनाउने काममा केहि शक्ति लागेका छन् । उनीहरुबाट जोगिनु आवश्यक छ ।’
यस्तै कार्यक्रममा दाहालले बाबुराम भट्टराई, मोहन वैद्य, चित्रबहादुर केसीलगायतका नेताहरूलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गरेका छन््।