असार १९, काठमाडौ — सिरहामा ९ महिनाको शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ बर्षीय बालकलाई पक्राउ गरेको छ ।
सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरका १४ वर्षीय बालकले स्थानीयवासीे ९ महिने शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बालिकालाई घरमा एक्लै छाडेर आमा पनि खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पु¥याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको हो ।
शिशुको यौनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएकोे इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।