एनजीओलाई जवाफदेही बनाउन तीन वटै तहमा नीतिगत व्यवस्था ः अर्थमन्त्री

असार १९, काठमाडौं —  अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले गैरसरकारी संस्था (एनजीओ)हरुलाई जवाफदेही बनाउन चाहेको बताएका छन् ।

गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको मन्त्री खतिवडाले स्पष्ट पारे ।

‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एसिया’ विषयक तेस्रो अन्तराष्ट्रिय सम्मेलनको बिहीबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री खतिवडाले संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको बताए ।
सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको उनले बताए ।

अर्थमन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीे जस्ता मौलिक हकलाई कार्वान्वयनमा लैजान नीति क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

सम्मेलन दुई दिनसम्म चल्ने छ । यसले दक्षिण एशीयाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउन र्पुयाउने विश्वास गरिएको छ ।
रासस