असार १६, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमले आफ्नो व्यवस्थापनलाई तत्काल सुधार गर्न निर्देशन दिए । निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको निगमको भनाईप्रति सरकारको विश्वास नरहेको स्पष्ट पारे ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा रहेको तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले भने “यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन । ”
आकाशमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष फीतलो देखिए भन्दै असन्तुष्टि जनाए ।
निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार नआए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुने बताए ।
प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नु पर्ने र त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि हुनुपर्ने बताए ।