असार १६, काठमाडौं — त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घन्टा खुल्ने भएको छ ।
विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने गरिएको थियो ।
विमान कम्पनीले पुरानै तालिका अनुसार उडानको समय मिलाएको छ । विमानस्थलले जनाए अनुसार पिच निर्माणको काम अब अन्तिमचरणमा पुगेको छ ।
गतवर्ष जेठदेखि विमानस्थल बिहान ३ बजेदेखि राति १२ बजेसम्म २१ घन्टा खुलाउन थालिएको थियो । तर आन्तरिक उडानको लागि भने बिहान ५ बजे नै विमानस्थल खोलेर उडान गरिँदै आएको छ ।