असार १५, काठमाडौं —आज असार पन्ध्र अर्थात धान दिवस किसानहरु बिभिन्न कार्यक्र गरि यो दिवस मनाउदै छन् । यस दिन धान रोपाईं गरी दही र चिउरा खाने चलन छ । झरीबादलको समेत पर्वाह नगरी रुझ्दैभिझ्दै काम गरेका किसानले शरीरलाई शीतलता र शक्ति दिन खेतमै दहीचिउरा खाने गर्दछन् ।
नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ । पछिल्ला दिनमा रोपाइँलाई महोत्सवको रुपमा मनाई पर्यटन प्रवद्र्धनको उत्पादन पनि बनाइएको छ । सरकारले केही वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइँदै आएको छ । धान नेपाली जनताको प्रमुख खाद्यान्न हो ।
असार पन्धलाई कृषि सभ्यता र महत्व बुझ्ने, बुझाउने पर्वको रुपमा लिईको छ । युवापुस्ता वैदेशिक रोजगारीमा जाँदा देशको खेतबारी बाँझै रहेको र खाद्यान्न आयातमा वृद्धि भएको वर्तमान अवस्थामा यस पर्वको सन्दर्भ अझ बढेको पाइन्छ ।