असार १५, काठमाडौं — इन्धन बिक्रेता (डिलरसीप) प्राप्त गर्न देशभरबाट उत्साहजन रूपमा आवेदन परेको छ । नेपाल आयल निगमले इन्धन बिक्रेता नियुक्त्त गर्न वैशाख १७ गते ६० दिने (असार १४ सम्म) आवेदन मागेको थियो।
यस अवधिमा देशभरबाट ९ सय ३९ वटा आवेदन परेको छ । निगमका अनुसार प्रदेश १ का लागि निगमको प्रादेशिक कार्यालय विराटनगर, प्रदेश २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज, प्रदेश ३ का लागि निगमको केन्द्रीय कार्यालय, गण्डकी प्रदेशका लागि प्रादेशिक कार्यालय पोखरा, प्रदेश ५ का लागि प्रादेशिक कार्यालय भलवारी तथा इन्धन डिपो नेपालगञ्ज, कर्णाली प्रदेशका लागि प्रादेशिक कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रादेशिक कार्यालय धनगढीमा आवेदन दिने व्यवस्था थियो।