धादिङमा पास्नीको भोज खाँदा ३७ जना बिरामी

 

असार १४, काठमाडौं —  पास्नीको भोज खादाँ धादिङको गजुरी गाउँपालिका वडा नं ५ चिसापानीमा ३७ जना बिरामी परेका छन् ।

गएको असार १२ गते स्थानीय बाबुलाल मिजारले नातिनीको पास्नी भोजको आयोजना गरेका थिए । सो भोज खादाँ सोही दिनको बेलुकादेखी बिरामी पर्न थालेका थिए ।

बिरामीहरुमा रिङगटा लाग्ने, ज्वरो आउने, पेट पोल्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखा परेको छ । ति मध्य २३ जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने १४ जनाको भने गाउँमै स्वास्थ्यकर्मीद्दारा उपचार भइरहेको गजुरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामचन्द्र मिजारले बताए ।