असार १३, काठमाडौं — बालुवाटारको ललितानिवासकोे जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । फरार हुपेन्द्रबहादुर केसी, लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका थिए ।
अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीसहित तीनजनालाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । अन्य दुईजना डा शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदी रहेका छन् ।उनीहरु ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया हुन् । सो जग्गामा मोही खडा गरेर उनीहरूले आफ्नो नाममा ल्याई पछि अरूलाई बिक्री गरेका थिए ।
मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
अख्तियारले बुधबार सूचना प्रकाशन गरि ८६ जनालाई पनि उपस्थित हुन आदेश दिएको थियो । यो समाचार आजको नयाँ पत्रिक दैनिकमा छ ।