सिञ्चाईका उपसचिव र अधिकृत अख्तियारको नियन्त्रणमा

 

असार १२, काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्नालाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलिले उनीहरुलाई २ लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उपभोक्ता समितिको काम मिलाइदिने गरि सो रकम घुसवापत लिइसकेको अवस्थामा टोलीले उनीहरुलाई कार्यालय परिसरभन्दा बाहिरबाट नियन्त्रणमा लिएको जनाएको छ ।