असार १२, काठमाडौं — एसईई परीक्षाको नतिजामा अभिनेत्री करिश्मा मानन्धरले बी प्लस ग्रेड ल्याएकी छन् त्यस्तै नेकपा नेतृ शान्ता चौधरीले बी ग्रेड ल्याएकी छन् ।
नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन् भने करिश्माले ३ ल्याएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।